काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका हरिराम नागिला नगरपालिकामा स्वागत गरेसंगै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत नागिलाले कार्यभार सम्हालेका छन्।
नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिृकतको रुपमा नागिला आएका हुन्। नागिलालाई नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, प्रवक्ता हरिभक्त पुडासैनीसहित जनप्रतिनिधिहरु तथा कर्मचारीहरुले स्वागत गरेका थिए।