काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।