गोकर्णेश्वर नगरपालिकाको आँखा सिविर सञ्चालन हुने सम्बन्धि सूचना

सबिन पन्त 'पृथक' २४ श्रावण २०८०, बुधवार ०१:३६ मा प्रकाशित

काठमाडौं, गोकर्णेश्वर नगरपालिका भित्र बसोबास गर्ने बासिन्दाहरुको लागि नि:शुल्क आँखा सिविर सञ्चालन हुनेभएको छ। 

देशव्यापी रूपमा फैलिएको आँखा सम्बन्धि रोगका कारण जनस्वास्थ्य मा प्रतिकुल असर परिरहेकोले उक्त रोगको प्रत्यक्ष असर गोकर्णेश्वर नगरपालिकामा पनि देखिएको हुँदा यस रोगको नियन्त्रणका लागि नगर अस्पतालमा नि:शुल्क सिविर राखी आँखा जाँच गरि औषधोपचारको व्यवस्था मिलाईएको हो। 

नगरभित्र संचालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा आँखा रोगको लक्षण जस्तै आँखा रातो हुने सुनिने, चिलाउने, बिझाउने, दुख्ने र घाममा हेर्न गाह्रो हुने किसिमका समस्या आफ्ना बालबालिकाहरुमा देखिए तुरुन्तै आँखा जाँचको लागि नगर अस्पतालमा पठाई दिनुहुन पनि नगर प्रमुख दीपक रिसालद्वारा हस्ताक्षरित सूचनामा जनाईएको छ।

सिविर सञ्चालन 

मिति- २०८० साउन २५ गतेदेखि 

समय - बिहान ८:००-३:०० बजेसम्म 

स्थान - गोकर्णेश्वर नगर अस्पताल