राप्रपा नेपालले आज पोखरामा सभा गर्ने

HTV Khabar २४ कार्तिक २०८०, शुक्रबार ०९:४१ मा प्रकाशित

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज पोखराको चाउथे चोकमा सभाको आयोजना गर्ने भएको छ।  सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा हिजै पोखरा पुगिसकेका छन्।

राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

२०६२–६३ को मार्गचित्र असफल भएकाले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य, र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ।

सभालाई अध्यक्ष थापा सहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्रीद्वय राजाराम बर्तौला, कृष्ण कार्की लगायतका नेताहरुले  सम्बोधन गर्ने र विभिन्न  व्यक्तिहरु पार्टी प्रवेश गर्ने समेत राप्रपा नेपालले जनाएको छ।