दुबईमा सडक दुर्घटनाः २८ वर्षीय नेपाली महिलाको मृत्यु

HTV Khabar ४ श्रावण २०८१, शुक्रबार १२:२३ मा प्रकाशित

काठमाडौं,  दुबईमा सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई) दुबईको अलुकजमा रहेको सर्भ यु कम्पनीको मजदुर शिविरबाट बिहान कार्यस्थल जान सडक पार गर्ने क्रममा नेपाली महिलाको मृत्यु भएको हो।

सोही कम्पनीमा कार्यरत मोरङ पथरी घर भएकी २८ वर्षीय अनिता पाख्रिनको भ्यानले ठक्कर दिँदा मृत्यु भएको थियो। उनी ३ वर्ष पहिले युएई गएकी हुन्। कम्पनीका अनुसार साउन १ गते बिहान ५ बजे काममा जान कम्पनीको मजदुर क्याम्पबाट निस्किएर सडक पार गर्ने क्रममा उनलाई भ्यानले ठक्कर दिएको थियो। मृतकको शव अहिले दुबईको स्थानिय अस्पतालमा राखिएको र कानुनी प्रकृया पुरा गरेर शव नेपाल पठाउने कम्पनीले जनाएको छ।