पहिलो महिला प्रधानमन्त्री पछि अब पहिलो महान्यायाधिवक्ता, नियुक्त भइन् सविता भण्डारी बराल

HTV Khabar २८ भाद्र २०८२, आइतबार ०८:१० मा प्रकाशित

काठमाडौं,  वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन्। प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन्।

प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्दै पौडेलले स्वीकृत गरेका थिए।

यो सँगै मुलुकले पहिलोपटक महिला महान्याधिवक्ता पाएको छ। यसअघि अहिलेसम्म महान्यायाधिवक्तामा महिलाको प्रतिनिधित्व भएको थिएन। प्रधानमन्त्री कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी थिइन्। उनी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन्। उनै कार्कीले महान्यायाधिवक्तामा पनि महिला नै नियुक्त गरेकी छिन्।