काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तनहुँका ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट पठाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आवश्यकता परेका तथा बजेट माग प्रक्रियामा रहेका तनहुँका स्वास्थ्य संस्थाका लागि समेत बजेट निकासामा प्राथमिकता दिन भनेपछि मन्त्रालयले बजेट पठाएको हो।
यसरी बजेट प्राप्त गर्नेमा भिमाद नगरपालिका १ तथा ऋषिङ गाउँपालिकाका ५ र ८ वडाका आधारभूत स्वास्थ्य केन्द्र छन्।
यसैगरी, शुक्लागण्डकी १० मा आधारभूत स्वास्थ्य केन्द्रका लागि पालिकामा बजेट गएको छ। यी सबै वडामा ३८ लाख ८६ हजार बजेट गएको छ।
भिमाद ३ तथा आँबुखैरेनी – ५ मा समेत आधारभूत स्वास्थ्य केन्द्रका लागि ३७ लाख बजेट पालिकामा गएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
मन्त्रालयले तनहुँका विभिन्न स्वास्थ्य केन्द्र तथा अस्पतालका लागि समेत माग तथा उपलब्धताका आधारमा प्राथमिकतासाथ उपकरणहरु उपलब्ध गराउँदै आएको सचिवालयले उल्लेख गरेको छ।