- गृहपृष्ठ
- ६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत हुने
६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत हुने
HTV Khabar
३ फाल्गुन २०८०, बिहीबार ०८:१९ मा प्रकाशित
काठमाडौं, ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ।विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताएका छन्।
प्रवक्ता कार्कीकाअनुसार, जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना हुनेछैन।
