बूढानीलकण्ठ नगरपालिकाले सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम आयोजना गर्नलागेको छ। आगामी आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकाबाट सञ्चालन गरिएका निर्माण, सेवा प्रवाह लगायतका विषयहरुमा सरोकारवाला एवं नगरवासीको जिज्ञासा, प्रतिक्रिया तथा सुझाव लिनका लागि उल्लेखित मिति, समय र स्थानमा उपस्थित हुनका लागि प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित यो सूचना जारी गरेको छ।