काठमाडौं, सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड बस्ने ३४ वर्षीय कमला मिश्र छिन्। मिश्रलाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी नरेन्द्र चन्दले बताए।
आफू अविवाहित युकेको नागरिक भएको बताएर मिश्रले उपहार पठाउने बहानामा विभिन्न शुल्कको नाममा ३ लाख ३० हजार ठगेको आरोप छ। उपहारको सामान नआएको तर, शुल्क मात्रै लिएपछि कमला सम्पर्कविहीन भएपछि पीडितले साइबर ब्युरोमा उजुर गरेका हुन्।
आरोपीबिरुद्ध विद्युत्तीय माध्यमबाट ठगेको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी चन्दले जानकारी दिए।