विराटनगर, विराटनगरका एक युवकमाथि भारतको जाेगबनीमा गाेली प्रहार भएको छ। विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जाेगबनीमा आईतवार साँझ गाेली प्रहार भएको हाे।
गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। उनकाे वायाँ तिघ्रामा गाेली लागेकाे छ। विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियाे।
उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गाेली प्रहार भएको उनले बताए। उनलाई सशस्त्र प्रहरीको टाेलीले उद्दार गरी अस्पताल पुर्याएको थियाे।