नेपाल प्रहरी श्रीमती संघद्वारा घाइते प्रहरीलाई आर्थिक सहयोग

सबिन पन्त 'पृथक' ८ मंगशिर २०८०, शुक्रबार १०:०६ मा प्रकाशित
काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकि अध्यक्ष श्रीमती लक्ष्मी कुँवर लगायत संघका पदाधिकारीहरुद्वारा घाइते प्रहरीलाई आर्थिक सहयोग गरिएको छ।


कार्यसमितिको बैठकको निर्णयअनुसार कर्तव्य पालनाको सिलसिलामा घाईते भई नेपाल प्रहरी अस्पताल महाराजगंजको कोल्डवार्डमा उपचारार्थ रहेका प्रहरी कर्मचारीहरुलाई संघकी अध्यक्ष तथा पदाधिकारीले प्रत्यक्ष भेटघाट गरि आर्थिक सहयोग प्रदान गरेका थिए।


उक्त अवसरमा अध्यक्ष कुँवरले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी थिइन्।