सर्वोत्कृष्ट नतिजा ल्याउन सफल जोसेफ स्कुलले गर्‍यो एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

सबिन पन्त 'पृथक' २४ असार २०८१, आइतबार ०५:५७ मा प्रकाशित

काठमाडौं, २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण भएका विद्यार्थीलाई जोसेफ स्कुलले एक भव्य कार्यक्रम आयोजना गरेर बधाई दिदै सम्मान गरेको छ।

बूढानीलकण्ठ नगरपालिका वडा नं.-१० मिलनचोक स्थित जोसेफ हाई स्कुल तथा काठमाडौं महानगरपालिका वडा नं.-६ महाँकाल स्थित ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलबाट एसईई परीक्षामा ६ जनाले जिपिए–४ सहित उत्कृष्ट नतिजा प्राप्त गरेको खुशीमा उत्तिर्ण विद्यार्थी तथा अभिभावकको सम्मानार्थ कार्यक्रम आयोजना गरिएको जोसेफ एडुकेशनल नेटवर्कका संस्थापक अध्यक्ष सूर्यबहादुर अधिकारीले एचटिभी खबरसंगको संक्षिप्त्त कुराकानी बताएका छन्।

प्रतिनिधि सभाका सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरी खतिवडाको प्रमुख आतिथ्यतामा  र जोसेफ एडुकेशनल नेटवर्कका संस्थापक अध्यक्ष सूर्यबहादुर अधिकारीको सभापतित्वमा अयोजित बधाई तथा सम्मान कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल, नेपाल कुरियर संघका अध्यक्ष दुर्गा सुवेदी, पशुपति विकास कोषका कार्यकारी निर्देशक सुवास जोशी, बूढानीलकण्ठ नगरपालिका शिक्षा महाशाखा प्रमुख उप–सचिव ललित विक्रम सिंह, वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईको उपस्थिति रहेकोे थियो।

त्यस्तै शान्तिनगर उपभोक्ता समितिका अध्यक्ष बुद्धि गम्भिर थापा, सरस्वतीनगर सुधार संघका अध्यक्ष पेशल पहाडी, सज्जन महिला सहकारी संस्थाकी व्यवस्थापक नगिना सिंह भण्डारी, विद्यालय व्यवस्थापन समितिका सदस्य पुण्यलोचन आचार्य, समाजसेवी योगेन्द्र ढकाल तथा दिलेन्द्र ढकाल, एचटिभि खबरका प्रमुख सबिन पन्त 'पृथक' को सहभागिता रहेको थियो। 

त्यस्तै वरिष्ठ गायिका तथा जोसेफ स्कुलकी संगीत शिक्षक कुन्ती मोक्तान, महिला समुहका अध्यक्षहरु, विद्यालयका प्राचार्य, सहायक प्राचार्य, ईन्चार्जहरु, शिक्षकशिक्षिकाहरु, कर्मचारीहरु, एसईई उर्तिर्ण १२४ जना विद्यार्थीलगायत १२४ जना अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि माननीय रामहरि खतिवडाले जोसेफ स्कुलले बिगतका बर्षहरुभन्दा यस वर्ष विद्यालय र विद्यार्थीहरुको मेहेनत र परिश्रमबाट ६ जना जिपिए ४ सहित नेपालमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएकोमा मुक्त कण्ठले प्रशंसा गरेका थिए।

प्रमुख अतिथि खतिवडाले जोसेफमा अध्ययनरत विद्यार्थीहरु पढाई संगै व्यवहारिक ज्ञान र सिपमा पनि उत्तिकै उत्कृष्ट रहेको कुरा बताउँदै  उत्तीर्ण विद्यार्थीहरुलाई उज्वल भविष्यको कामनासहित अभिभावक तथा विद्यालय परिवारलाई बधाई दिएका थिए।

बरिष्ठ पत्रकार तथा कार्यक्रमका विशेष अतिथि पुरुषोत्तम दाहालले जोसेफ स्कुलका विद्यार्थीहरु पढाईका साथसाथै कला र साहित्यमा उत्तिकै अब्बल रहेको कुरा एसईई नतिजाले प्रष्ट देखाएको बताए।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं.- १२ का अध्यक्ष शम्भु भट्टराईले २७ बर्ष अघिदेखिनै जोसेफ स्कुलले सर्वशुलभ शुल्कमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको र यो क्षेत्रकै उत्कृष्ट विद्यालय बन्न सफल भएको विद्यालय परिवारलाई बधाई दिएका थिए।

भट्टराईले उत्कृष्ट नतिजासहित उत्तिर्ण विद्यार्थी र अभिभावकलाई अझै सुशोभित र अब्बल शिक्षाको लागि शुभकामना दिदै जोसेफ स्कुलले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए। एसईई पछिको कक्षा ११ र १२ को शिक्षा सिकाइलाई प्रभावकारी बनाई भविष्यलाई थप उज्ज्वल बनाउन जोसेफ नै उत्कृष्ट रहेकोले गन्तव्य मोड्नुपर्ने औचित्य नरहेको सुझाए। 

कार्यक्रम जोसेफ एडुकेशनल नेटवर्कका प्राचार्य सूर्यबहादुर अधिकारीले जोसेफ स्कुलबाट २७ वर्षपछि सर्वोत्कृष्ट नतिजा प्राप्त भएकोमा विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै जोसेफ स्कुलबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरु नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च तहमा स्थापित हुन सफल भएको कुरा बताए।

उक्त कार्यक्रममा जोसेफ स्कुलबाट एसईई उत्तीर्ण विद्यार्थीहरु अनुपा थापा, आरुषि गौतम र रक्षिका अधिकारीले विद्यालयमा प्राप्त गरेको अनुभव र उपलब्धी सम्बन्धमा आफ्नो मनोभाव प्रस्तुत गरेका थिए। एसईई उत्तीर्ण विद्यार्थी सपना थापा तथा अन्य विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरि कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरि रोमाञ्चक बनाएका थिए।

कार्यक्रममा एसईई उत्तीर्ण १२४ विद्यार्थीहरु, अभिभावक र विद्यालयका शिक्षक कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने उपस्थित सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।