शेखर पक्षकाे निष्कर्ष- गगनलाई साथ लिएर जानुपर्छ

HTV Khabar १७ मंगशिर २०८२, बुधवार ०३:५७ मा प्रकाशित

काठमाडौं, १५ औँ महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका डा.शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरेका छन्।

आज कोइरालाले १४ औँ महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।

कोइराला प्यानलबाट जितेका महामन्त्री गगन थापाले आगामी महाधिवेशनमा सभापति उठ्ने घोषणा गरिसकेका छन्। कोइराला पक्षको आजको भेलालाई गगनलाई पनि एक ठाउँमा लिएर हिँड्न पहल गर्ने निष्कर्ष निकालेको एक नेताले बताए।

बैठकमा सहभागी ती नेताले भने, ‘शेखर दाइ त सभापति उठ्ने पक्का नै हो। आज उहाँले आफ्ना टिमको बैठक राख्नुभएको थियो। गगनलाई पनि सँगै लिएर जानुपर्छ भनेर निष्कर्ष निकालेका छौँ। छलफल जारी छ। छलफल सुरु भएको छ, केही दिनमा निष्कर्षमा पुगिएला।’

बैठकमा सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे, नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य गोविन्द्र पोखरेलसहित एक दर्जन बढी नेताहरू सहभागी थिए।