काठमाडौं, त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ।
काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा नेपाल आज जित निकाल्दै सिरिजको फाइनलमा पुग्ने लक्ष्यमा छ।
यस्तै हङकङ भने पहिलो खेलमा नेपालसँगको हारको बदला लिने उद्देश्यका साथ मैदानमा उत्रँदैछ।
नेपालले यसअघिका खेलमा यूएई र हङकङलाई हराएको थियो। आज पनि हङकङलाई पराजित गरेमा नेपाल फाइनलमा पुग्ने छ भने हङकङ र यूएईबीचको एक टिम उपाधिका लागि नेपालसँग खेल्ने छन्।
पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।
सिरिजमा नेपालसहित यूएई र हङकङ समावेश छन्। सिरिजको फाइनल खेल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।