सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने

HTV Khabar ३१ मंगशिर २०८१, सोमबार ०५:२४ मा प्रकाशित

काठमाडौं, सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गरेको छ।

गत २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

उनका अनुसार सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशमै उत्पादन भएका वस्तुहरूको प्रयोग गर्नुपर्नेछ।

‘सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशमै उत्पादन भएका वस्तुहरूको प्रयोग गर्ने। उदाहरणका लागि डस्टबिन पनि स्वदेशी हुनुपर्‍यो,’ गुरुङले भने, ‘हाम्रो टेबलमा राख्ने चिज पनि स्वदेशी हुनुपर्‍यो। विभिन्न मन्त्रीहरूले लगाउने ड्रेस पनि स्वदेशी हुनुपर्‍यो।’