स्वस्थानी व्रत तथा माधवनारायण पूजा आजबाट सुरु

HTV Khabar ११ माघ २०८०, बिहीबार ०९:४० मा प्रकाशित

काठमाडौं, आज पौष शुक्ल पूर्णिमा स्वस्थानी व्रत तथा माधवनारायण पूजा आजबाट सुरु भएको छ।


श्री स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमासम्म जारी रहनेछ। हिन्दु परम्परा अनुसार आज बिहानै माघ स्नान गर्ने र श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ।


स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी निराहार तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोडिएको छ।


स्वस्थानी व्रतका बेला देशैभर शिवालय र शक्तिपीठमा दर्शनार्थीको मेलासमेत लाग्ने गर्दछ। काठमाण्डौँस्थित शालीनदीमा आजदेखि माधवनारायण मेला पनि सुरु भएको छ।


घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने परम्परा छ। माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पुण्य मिल्ने धार्मिक विश्वास छ।