काठमाडौं, पछिल्लो एक सातामा देशभर ६४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यससँगै नेपालभर डेंगु संक्रमितको कुल संख्या एक हजार ९०५ पुगेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) द्वारा सार्वजनिक तथ्यांक अनुसार पछिल्लो साता ५ वटा प्रदेशमा डेंगु संक्रमण पुष्टि भएको हो।
ईडीसीडीका अनुसार सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा देखिएका छन्। बागमतीमा २७ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी लुम्बिनी र कोशी प्रदेशमा समान रूपमा ७–७ जना, गण्डकीमा ३ जना र मधेश प्रदेशमा २ जनामा संक्रमण देखिएको उल्लेख गरिएको छ।