आजबाट शुरु भयो लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ 'एम' को तेस्रो क्याबिनेट बैठक

सबिन पन्त 'पृथक' ११ फाल्गुन २०८०, शुक्रबार ०५:५० मा प्रकाशित

काठमाडौं,  लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ डिष्ट्रिक्ट 'एम' नेपालको तेस्रो क्याबिनेट बैठक काठमाडौंमा शुरु शुरु भएको छ। बैठक दुईदिन चल्नेछ। 


फागुन ११ र १२ गते दुईदिन आयोजना हुने क्याबिनेट बैठकको आज पहिलो दिन डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालको अध्यक्षतामा  सामाखुसीस्थित गोधुली फूडल्याण्डमा बैठक बसेको हो।


बैठकमा डिष्ट्रिक्ट फर्स्ट लेडि जमुना पौड्याल, फर्स्ट भिडिजी चण्डीप्रसाद अर्याल, सेकेन्ड भिडिजी धनिराम बराल, आईपिडिजी महेन्द्र पौड्याल, पिएमसिसी गिरिधारी शर्मा,  डिष्ट्रिक्ट चिफ एड्भाईजर रत्नप्रसाद पराजुली, डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर नेपाल, चिफ एओजि हरिचन्द्र तिवारी, डिष्ट्रिक्ट चिफहरु, डिष्ट्रिक्ट कन्सुलरहरु, एडिस्नल क्याबिनेट सेक्रेटरी, ट्रेजरर, डिपार्टमेन्ट चिफहरु, रिजन चेयरपर्सनहरु, जोन चेयरपर्सनहरु लगायत क्याबिनेट अफिसरको बाक्लो उपस्थिति रहेको थियो। 


डिष्ट्रिक्टले अहिलेसम्म सम्पन्न गरेका कार्यहरू डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी बलराम सुवेदीले प्रस्तुत गरेका थिए भने आर्थिक आयव्यय विवरण डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर नवराज पोखरेलले प्रस्तुत गरेका थिए। विभिन्न जोन अन्तर्गत क्लबहरुले सम्पन्न गरेका सेवाका कार्यहरूको जोन चेयरपर्सनहरुले प्रस्तुत गरेका थिए।