काठमाडौं, नवप्रवर्तन मार्फत दिगो विकासलाई अगाडि बढाउन ज्ञान, विचार र उत्कृष्ट अभ्यासहरू साझा गर्न नेपाल र अष्ट्रेलियाका विज्ञहरू, आविष्कारकहरू र सरोकारवालाको एकसाथ काठमाडौं सम्मेलन सम्पन्न भएको छ।
धौलागिरी एडभेन्चर प्रा.लि. एवं हिमालयन आउट्रीच अस्ट्रेलियाद्वारा संयुक्त रूपमा आयोजित नेपाल र अष्ट्रेलियाबीच साझेदारी सम्मेलन याक एन्ड यती होटलमा सप्पन्न भएको हो।
नेपालको विविध क्षेत्रमा गौरवमय ईतिहास कायम गर्न सफल व्यक्तित्वको धनी गीता शाहीको सभापतितब तथा अष्ट्रेलियन प्रतिनिधि एवम् लेखक हम्जा वारीयोको विशेष आतिथ्यमा संचालन भएको सो कार्यक्रममा नवप्रवर्तन मार्फत बाणिज्य एवं सांस्कृतिक आयाम बारेमा समिक्षा गरिएको छ। हाम्जाले नेपालको पर्यावरण, सांस्कृतिक आकर्षणको बारेमा प्रकाश पारेका थिए।
कृषिको विकासमा जीवन अर्पण गर्दै आएकी अर्का वक्ता डा.सुजाता तामाङले खाध्य एवं कृषिको क्षेत्रमा सचेतना अपनाउनु पर्ने धारणा राखेकी थिइन्। आफुलाई अष्ट्रेलियन सरकारले नविनतम् कृषि क्षेत्रमा अध्ययन गर्ने अवसर दिएकाले ज्ञान र सिप परिमार्जन गर्न स्वदेशको सम्भावना नजिकबाट बुझ्न सजिलो भएको बताए डा.तामाङले बताइन्। मानव स्वास्थ्यलाई प्राथमिकताको केन्द्रमा राखेर कृषि तथा खाद्यान्न उत्पादनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
मन्तव्यको क्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण आचार्यले नवप्रवर्तन मार्फत दिगो विकास गर्न अष्ट्रेलियासंग साझेदारी गर्न तयार रहेको बताए। बाणिज्य क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्तालाई आफ्नो नगरपालिकामा विशेष प्रोत्साहन गर्ने नगर प्रमुख आचार्यले बताए।
मन्तव्यको क्रममा नमोबुद्व नगरपालिकाका प्रमुख कुन्साङ तामाङले विकाशका लागि नवप्रवतर्न आवश्यक रहेको औंल्याएका थिए।
अर्का अतिथि बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठले नेपालको पर्यावरण र मह्त्व रहेको कुरा बताउँदै प्राकृतिक र सांस्कृतिक अवस्थालाई अन्तर्राष्ट्रिय जगतले विशेष प्राथमिकता राखेको तर्क पेश गरेका थिए।
सोही अवसर राजदूत मोहन कृष्ण श्रेष्ठले कुटनितिक क्षेत्रमा अस्ट्रेलिया र नेपालको सम्बन्ध बारे चर्चा गरेका थिए।
अष्ट्रेलियाका चर्चित प्रेरक वक्ता एन्ड्र यू गासनले आधुनिक विकास र अवसर बारे चर्चा गरेका थिए। सोही अवसरमा हाम्जा वारियोले तयार गरेको पुस्तक "नेपाल हिडन ट्रीजर ए जोर्ने बियोन्ड एभरेस्ट "पुस्तक समेत विमोचन गरिएको थियोे।
कार्यक्रममा कुटनैतिक एवं सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।
गिता शाहिको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा सन्ध्या थापाले संचालन गर्नु भएको थियो। मौलिक फिल्मस प्रा.लिका कलाकारहरुले विशेष प्रस्तुति दिएका थिए।
नेपाल र अष्ट्रेलियाबीच साझेदारी सम्मेलनमा कोहलपुर नगरपालिका, छेडाघाट नगरपालिका, लम्की नगरपालिका, बागलुङ नगरपालिका, तारकेश्वर नगरपालिका, शिवाक्षी नगरपालिका, मेची नगरपालिका, दोधारा चाँदनी नगरपालिका, अर्जुनधारा नगरपालिका, ढोरपाटन नगरपालिका, बागलुङ,नमोबुद्ध नगरपालिकाले सहकार्य गरेका थिए।