बूढानीलकण्ठ नगरपालिका वडा नं.-४ को आयोजनामा नि:शुल्क स्वास्थ्य परीक्षण सिविर सम्पन्न भएको छ। काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको धुलिखेल अस्पताल र बसुन्धरास्थित चिरायू अस्पतालको सहयोगमा एकदिने स्वास्थ्य परीक्षण सिविर संचालन भएको हो।
उक्त सिविरमा करिब ४० जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण गरिनुको साथै करिब ६० जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको वडा ४ का अध्यक्ष श्रीराम केसीले एचटिभी खबरलाई बताएका छन्। उक्त कार्यक्रम स्थलमा रक्तदान कार्यक्रम आयोजना गरिएको पनि अध्यक्ष केसीले बताए। उनकाअनुसार धुलिखेल अस्पतालको सहयोगमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको निशुल्क परीक्षण गरिएको थियो।
चिरायू अस्पतालबाट डा.प्रतीक्षा सिंह राठौर तथा डा.पुजा श्रेष्ठको टिमले सामान्य स्वास्थ परीक्षण गरिएको थियो। यस कार्यलाई चिरायू अस्पतालका अपरेसन डाईरेक्टर चण्देश्वर वैद्य तथा बजार व्यवस्थापक किरण फुयालले व्यवस्थापन गरेका थिए। काठमाडौं क्षेत्र ५ बाट संघीय प्रतिनिधि सभा सदस्य प्रदिप पौडेललगायतको उपस्थिति रहेकोे थियो।