काठमाडौं, नेपाली बजारमा आज विहिवार सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन एक हजार तीन सय रूपैयाँले बढेपछि सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको जनाएको छ।
महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बुधवार छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। विहिवार तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको छ।
आज बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रूपैयाँ कायम गरिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको थियो।