उपनिर्वाचनका लागि कांग्रेसमा महामन्त्री शर्माको संयोजकत्वमा संयोजन समिति

HTV Khabar १४ कार्तिक २०८१, बुधवार ०५:३५ मा प्रकाशित

काठमाडौं,  नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय संयोजन समिति गठन गरेको छ।

बुधबार सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम ९ सदस्यीय संयोजन समिति गठन गरेका हुन्। समितिमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत सदस्य छन्।

त्यस्तै केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य पनि सदस्य छन् भने प्रकाश शर्मा सदस्य सचिव छन्। १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय संयोजन समिति बनाएको हो।