मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित

HTV Khabar २८ पौष २०८१, आइतबार ०८:१० मा प्रकाशित

काठमाडौं, मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्।

आईतवार बिहान सम्पन्न मतगणनाको अन्तिम नजिता अनुसार १०१४ मत प्राप्त गर्दै रानाभाट अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी अनिल कुमार अग्रवालले ७६५ मत मात्र प्राप्त गरेका छन्।

त्यसैगरी महासचिवमा उनकै प्यानलकी प्रतिमा श्रेष्ठ निर्वाचित भएकी छिन्। प्रतिमाले १०१२ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धा विकेशलाल श्रेष्ठले ७१३ मत प्राप्त गर्दै पराजित भएका छन्।

कोषाध्यक्षमा अग्रवाल प्यानलका तेजराज अधिकारी निर्वाचित भएका छन्। उनले ९१७  मत प्राप्त गर्दा रानाभाट प्यानलका श्रीकृष्ण कर्माचार्यले ८०१ मत प्राप्त गरेका छन्। यता सह कोषाध्यक्षमा निलम बैद्य विजयी भएकी छिन्। ९१६ मत प्राप्त गर्दै अर्की प्रतिस्पर्धा राधिका सामरी पाण्डे ७८६ मत सहित पराजित भएकी छिन्।

त्यसैगरी उद्योग तर्फको उपाध्यक्षमा दिपक उप्रेती निर्वाचित भएका छन्। उप्रेतीले २७२ मत ल्याउँदा रवीन्द्र प्रसाद घिमिरेले २४० मत मात्र प्राप्त गरेका छन्। उद्योग तर्फको सदस्यहरुमा क्रमश कृष्ण गोपाल महर्जन (२८८),जगदिश दाहाल (२७३),भूपेन्द्र प्रसाद अधिकारी(३०७) र महिला सदस्यमा सीतादेवी भेटवाल (२९५) मत सहित विजयी भएका छन्।

यता बाणिज्य तर्फ राजु अधिकारी ५९९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी रामप्रसाद न्यौपानेले ४८४ मत प्राप्त गरेका छन्। वाणिज्य सचिवमा कुल प्रसाद चौलागाईं ६८४ मत सहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी दिवस पराजुलीका ४११ मात्र आएको थियो। यता वाणिज्य सदस्यमा बाल कृष्ण बजगाइ (६४६),सन्तोष घिमिरे (६१६),विष्णु प्रसाद दाहाल (५६०),राजेन्द्र लामिछाने (५५०) मत प्राप्त गरी निर्वाचित भएका छन्।

यता मकवानपुर उद्योग वाणिज्य संघको आज भएको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी निर्वाचित भएका छन्। उनले १५ मत ल्याउदा अर्का उमेदवार प्रदीप अर्यालले ११ मत ल्याएका छन्। वस्तुत तर्फ १२ मत प्राप्त गरी शम्भु पुडासैनी सदस्यमा निर्वाचित भएका छन्।

त्यसैगरी एशोसियट उपाध्यक्षमा उज्जवल चौलागाई निर्वाचित भएका छन्। उनले ४८ मत ल्याउदा अर्का उम्मेदवार विष्णु खनालले ३३ मत प्राप्त गरेका छन्। त्यसैगरी एशोसियट सदस्यमा ६४ मत सहित नवराज खतिवडा र ५४ मत सहित अंकिता सुमार्गी निर्वाचित भएको जनाइएको छ।

२ हजार ४५ मतदात रहेकोमा १८१६ मात्र मत खसेको हो। निर्वाचनमा बाणिज्यतर्फ ११५४, उद्योगतर्फ ५५५, एशोसियट ८१, बस्तुगत २६ गरी कुल खसेको मत १८१६ मत खसेको थियो।