जोसेफ एजुकेसनल नेटवर्कको डान्सिङ आईडल सिजन-३ र सिङ्गिङ स्टार सिजन-२ सम्पन्न

सबिन पन्त 'पृथक' २१ पौष २०८०, शनिबार ०६:४१ मा प्रकाशित
काठमाडौं, जोसेफ एजुकेसन नेटवर्क अन्तर्गत जोसेफ पब्लिक स्कुल, माहाङ्काल र जोसेफ हाइ स्कुल कपन मिलनचोकको जोसेफ डान्सिङ आइडल सिजन ३ र सिङ्गिङ स्टार सिजन २ सम्पन्न भएको छ।


जोसेफ एजुकेशन नेटवर्कका अध्यक्ष तथा प्राचार्य सुर्यबहादुर अधिकारीको सभापतित्व तथा बाग्मती प्रदेशसभा सदस्य मिना पराजुलीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम समापन गरिएको हो। 


कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथीले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनको निम्ति जोसेफ स्कुलले आयोजना गरेको कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी लागेको बताएकी थिइन्। प्रदेश सांसद पराजुलीले यस क्षेत्रकै शिक्षाको विकासमा कोसेढुङ्गा सावित भइ जोसेफ स्कुलले पुर्‍याएको योगदानको प्रशंसा गर्दै  उत्तरोत्तर प्रगतीको कामना गरेकी थिइन्। 


कार्यक्रमको जानकारी सहित मन्तव्य दिदै सभापती एवम प्राचार्य सूर्यबहादुर अधिकारीले जोसेफ स्कुलद्वारा हरेक बर्ष यस्तो कार्यक्रम गर्दै आइरहेको जानकारी दिदै विजेता सम्पुर्ण विद्यार्थीहरुलाई विद्यालयले मासिक शुल्क र अर्को बर्ष भर्ना शुल्क छुट सहितको छात्रवृत्ति दिने प्राचार्य अधिकारीले बताए।


कार्यक्रम सफल वनाउनको निम्ति अहोरात्र खटिनुहुने ईन्टरनेशनल जोसेफ पब्लिकका प्राचार्य मनोज अधिकारी, सम्पुर्ण इन्चार्जलगायत  शिक्षकशिक्षिकाहरु साथै नृत्य निर्देशकहरु प्रकाश शर्मा र लक्ष्मी पुरी, सङ्गीत प्रशिक्षक वरिष्ठ गायिका कुन्ती मोक्तान सवैलाई धन्यबाद दिएका थिए।


जोसेफ हाइ स्कुल कपनको प्राङ्गणमा आयोजित डान्सिङ आइडलको निर्णायकको रुपमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सह-कोषाध्यक्ष एवम नेशनल डाइनामिक आर्ट्सका प्रवन्ध निर्देशक केशव कोइराला र नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सदस्य सुनिल गिरी रहेका थिए भने एचटिभि खबरले उक्त कार्यक्रमको प्रतक्ष्य प्रसारण गरेको थियो।


जोसेफ पब्लिक स्कुल र जोसेफ हाइस्कुलबाट जुनियर, मिडियम र सिनियर तीन तह गरेर ३० जना विद्यार्थीहरु फाइनल चरणमा पुगेका थिए।

जोसेफ डान्सिङ आइडल सिजन ३ का बिजेताहरु :-

ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलबाट 
जुनियर तह 
प्रथम: निशा सुवेदी, द्वितीय: बिबिशा भट्टराई, तृतीय: बिनिशा थापा र चतुर्थ : आशिका दुरा

मिडियम तह
प्रथम: रेजिना तामाङ, द्वितीय: निस्था शाक्य, तृतिय: आयुशा तामाङ र चौथो सुश्रीका गुरुङ

सिनियर तह
प्रथम: लाप्साङ घिसिङ, द्वितीय: स्वयसा लुइटेल, तृतिय: निशा थापा र चौथो : शृष्टी कटुवल


जोसेफ हाई स्कुलबाट 
जुनियर तह
प्रथम: रिदिमा लामा, द्वितीय दिपशिखा बस्नेत, तृतिय: नाम्लिङमा फागु र चतुर्थ: क्युशा नगरकोटी

मिडियम तह
प्रथम: रविना बसेल, द्वितीय: तानिया सिं, तृतिय: स्वयस अधिकारी र चौथो : मान्यता काफ्ले

सिनियर तह
प्रथम: सन्दीप लामिछाने, द्वितीय: अन्किता थापा, तृतिय: आहाना श्रेष्ठ र चतुर्थ : दिप्ती सुनुवार