काठमाडौं, अभिनेत्री दिपाशा बीसीको निधन भएको छ। स्वास्थ्यमा असहज भएपछि उनलाई बुधवार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका क्रममा विहिवार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
२०६८ सालमा फिल्म ‘दुलही रानी’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन्। उनी ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन्।