काठमाडौं, नयाँ सत्ता गठबन्धनबाट नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्।
सोमवार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नवनियुक्त तीन मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।
नयाँ सत्ता गठबन्धनबाट एमालेबाट पदम गिरी, माओवादीबाट हितवहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद (डिपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आज नियुक्त हुने मन्त्रीहरुको मन्त्रालय भने टुंगिईसकेको छैन। उनीहरुले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन्।