चुनाव नलड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

HTV Khabar १० पौष २०८२, शुक्रबार ०७:४९ मा प्रकाशित

काठमाडौै,  कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा चुनाव नलड्ने घोषणा गर्नुभएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादनको विहीवारको बैठकमा बोल्दै शर्माले लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नभै अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव आफ्नो क्षेत्रका नेता तथा कार्यकर्तालाई गराएको जानकारी दिए।