स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन

HTV Khabar ५ फाल्गुन २०८१, सोमबार ०१:२६ मा प्रकाशित

काठमाडौं,  स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको निवेदन परेको छ।

सिफारिस समितिले सोमवार आवेदन स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको छ।

कार्ययोजनाको अध्ययन र अन्तर्वार्तापश्चात समितिले उम्मेदवारको सिफारिस गर्नेछ।