काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार सात सयमा कारोबार भइरहेको छ। यो सुनको मूल्य हालसम्मकै उच्च हो।
यस अघि बुधवार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको थियो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।