चैत २ र ३ गते कपनमा स्ट्रङ्गमेन/स्ट्रङ्गवुमेन स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिता हुँदै

सबिन पन्त 'पृथक' ३१ फाल्गुन २०८०, बिहीबार ०८:३४ मा प्रकाशित

काठमाडौं, चैत २ र ३ गते कपनमा स्ट्रङ्गमेन/स्ट्रङ्गवुमेन स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिता आयोजना हुनेभएको छ।  

काठमाडौं स्ट्रेन्थलिफ्टिङ्ग संघको आयोजनामा हुनलागेको सो प्रतियोगिता बूढानीलकण्ठ १० बालुवाखानीस्थित फेरिल्याण्ड स्कुलमा शुक्रवार र शनिवार बिहान ७:३० बजेदेखि शुरु हुने काठमाडौं स्ट्रेन्थलिफ्टिङ्ग संघका सचीव मानबहादुर पहरीले जानकारी दिएका हुन्। 

देशभरबाट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने १०५ जना खेलाडीको खानेबस्ने व्यवस्था संघले मिलाएको सचिव पहरीले एचटिभी खबरलाई बताएका छन्। करिब १० लाख बराबरको खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको पनि उनले बताए। 

अनुमानित १७ लाख खर्च हुने उक्त प्रतियोगिताको लागि विभिन्न सामाजिक व्यक्तित्वलगायत बूढानीलकण्ठ नगरपालिका वडा नं.१० ले पनि आर्थिक सहयोग उपलब्ध गराएको छ।