काठमाडौं, भारतीय लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका छन्। उनीहरुबीच जंगी अड्डामा भेटवार्ता भएको हो।
भेटका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। जनरल नायरको भ्रमणका क्रममा भएको यो छलफलले दुई मुलुकबिचको सैन्य सम्पर्कलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिइएको छ।
दुवै देशका सेनाहरूबिच लामो समयदेखि नै राम्रो सम्बन्ध रहिआएको छ भने जंगी अड्डामा भएको यो भेटले उक्त सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।