वर्तमान सरकार लामो समय जाँदैन- प्रचण्ड

HTV Khabar १० माघ २०८१, बिहीबार १२:५३ मा प्रकाशित

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार धेरै लामो समय नजाने बताएका छन्। सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सो दाबी गरेका हुन्।


वर्तमान गठबन्धन अप्राकृतिक रूपमा जन्मिएकोले धेरै लामो समय नजाने दाबी गरे। आफूहरूले अहिले सक्रिय भएर सरकार ढाल्न नलागेको उनको भनाई छ। उनले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको टिप्पणी गरेका छन्। संसद् आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत देश चलाउन खोजेको आरोप उनले लगाए। उनले वर्तमान सरकारले भ्रष्टाचार गर्ने कर्मचारीलाई बचाउन र राम्रो काम गरेका कर्मचारीलाई आक्रमण गरेको टिप्पणी गरे।