सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छः बालेन शाह

HTV Khabar १० जेठ २०८१, बिहीबार ०८:०३ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन्।

बिहीवार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिए। उनले पुरानो शैलीमा सम्पदाहरुको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताए।

उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए। मेयर साहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गरे। 

महानगरपालिकाले सम्पदा पुनःनिर्माणको लागि एकै पटक सबै बजेट माग्दा दिँदैन कि भन्ने आशंका नगरी एकैपटक बजेट मागेर सबै पुनःनिर्माणका कामहरु एकैपटकमा सम्पन्न गर्नेगरी काम गर्न उनले आग्रह गरे।