काठमाडौं, चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो।
एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। गैंडाको मृत्युको कारण खुलिसकेको छैन। चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन्।
चालु आर्थिक वर्षमा गैंडाको यो पहिलो मृत्यु हो। गत आर्थिक वर्षमा चितवनमा २१ वटा गैंडाको मृत्यु भएको थियो। १८ वटा कालगतीले र दुई वटा चोरी शिकारीले मृत्यु भएको थियो। एउटा गैंडाको मृत्युको कारण भने खुलेको छैन।