चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा डा.सन्तोष पौडेल नियुक्त भएका छन्।
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै अर्थोपेडिक सर्जन डा.पौडेललाई वीर अस्पतालको कार्यकारी अधिकारीमा नियुक्त गरेका हुन्।
डा.पौडेल अर्थोपेडिक सर्जन हुन्। उनी दशौं तहका हुन्। डा.पौडेलले स्वास्थ्य मन्त्रालयबाट पत्र बुझिसकेको बताए।
यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा प्रा.डा.भुपेन्द्रकुमार बस्नेत थिए। वीरमा डा पौडेलले जिम्मेवारी पाएपछि डा.भुपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई १९ साउन २०७८ मा वीर समेत हेर्ने गरी युनिफाइड केन्द्रीय अस्पतालको जिम्मेवारी दिएको थियो।