चन्द्रागिरी नगरपालिकामा बेरोजगार नगरबासीका लागि न्यूनतम रोजगारीको अवसर खुल्यो

सबिन पन्त 'पृथक' २९ माघ २०८०, सोमबार ०५:४५ मा प्रकाशित

काठमाडौं, चन्द्रागीरी नगरपालिकामा न्यूनतम रोजगारीको अवसर खुलेको छ। पालिकाले माघ २९ गते  एक सूचना  प्रकासित गर्दै न्युनतम रोजगारीमा संलग्न हुनका लागि आवेदन माग गरेको हो।


उक्त रोजगारीका लागि फागुन १ गते देखि मसान्तसम्म आवेदन दिन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ।