प्रधानसेनापतिद्वारा उपरथीमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

HTV Khabar २ असार २०८३, बुधवार ०३:४८ मा प्रकाशित

काठमाडौं,  मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भुवनपूर्ण सत्याल, मानार्थ उपरथी दर्जामा पदोन्नति भएका  सहायक रथी रोशन शम्सेर राणा तथा मानार्थ सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी उमेश कार्कीलाई प्रधान सेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

आज जङ्गी अड्डामा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। उक्त कार्यक्रममा नेपाली सेनाका रथी, अधिकृतलगायत पदोन्नति भएका रथीका परिवारजनको समेत उपस्थिति रहेको थियो।