स्वास्थ सेवा विभागको महानिर्देशकमा डा.विकास देवकोटा

HTV Khabar ७ अशोज २०८१, सोमबार ०६:१२ मा प्रकाशित

काठमाडौं,  स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. विकास देवकोटाले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. देवकोटालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।

यसअघि लुम्बिनी प्रदेशको स्वास्थ सचिव भइसकेका डा.देवकोटा स्वास्थ्य मन्त्रालयका १२ औं तहका अतिरिक्त सचिव हुन्। विभागमा १२औं तहकै अतिरिक्त सचिव महानिर्देशक हुने व्यवस्था छ। डा.देवकोटाले महानिर्देशकको जिम्मेवारी पाएपछि विभागमा महानिर्देशक रहेकी डा संगीता मिश्रको स्वास्थ्य मन्त्रालयमा तानिएकी छिन्।