सुन्दर पन्तलाई निर्वाचित गर्दै शिक्षक कर्मचारी सहकारीको १६औं वार्षिक साधारणसभा सम्पन्न

HTV Khabar १८ पौष २०८२, शनिबार ०३:०७ मा प्रकाशित

काठमाडौं,  शिक्षक कर्मचारी कल्याण बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सुन्दर पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

डिल्लीबजार स्थित पद्मकन्या मा.वि. को सभाकक्षमा नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरीको प्रमुख आतिथ्यता रहेको सभामा शिक्षक महासंघ केन्द्रिय अध्यक्ष लक्ष्मी किशोर सुवेदी, संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र रावललगायत संस्थाका पदाधिकारी र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले विश्वमा नै सहकारी स्थापना किन र कसरी भएको थियो र नेपालमा पनि चितवनमा पहिलोपटक बखान सिंहले सहकारी स्थापना गरेको बताएका थिए। 

नव निर्वाचित अध्यक्ष सुन्दर पन्तले शिक्षक कर्मचारी कल्याण वचत तथा ऋण सहकारी संस्था विद्यालय शिक्षक र कर्मचारीको दु:खको साथीको रूपमा स्थापना गरिएको बताए। शिक्षक कर्मचारीका जेहेन्दार उत्कृष्ट नतिजा ल्याउने छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउने गरिएको बताउँदै पन्तले आउँदा दिनमा यस कार्यलाई निरन्तरता दिने बताए। 

कार्यक्रम तारा बुढाथोकीले सञ्चालन गरेकी थिइन्।

नव निर्वाचित पदाधिकारीहरु
अध्यक्ष - सुन्दर पन्त
उपाध्यक्ष- महेश अधिकारी
सचिव - रविन महर्जन
कोषाध्यक्ष- मञ्जु श्रेष्ठ
सदस्य - लक्ष्मिकिशोर सुबेदी
सदस्य-राजेश हुमागाई
सदस्य- सुवास कुईकेल
सदस्य-राजेन्द्र श्रेष्ठ
सदस्य -तारा बुढाथोकी
सदस्य -ऋषि तिमिल्सिना
सदस्य- शिवराज पौडेल
लेखा समिति -
संयोजनक - सन्तोषबाबु पौडेल
सदस्य- नारायण प्रसाद गौतम
सदस्य - हेमराज घिमिरे