विश्वकप फाइनल खेलमा विराट कोहली आउट

HTV Khabar ३ मंगशिर २०८०, आइतबार ०५:०५ मा प्रकाशित
काठमाडौं, विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले चौथो विकेट गुमाएको छ। २९औं ओभरको तेस्रो बलमा विराट कोहली आउट भएका हुन्।

६३ बल खेलेर ५४ रन बनाएका विराट आउट भएसँगै भारत दबाबमा परेको छ। विराट प्याट्रिक जेम्स कुमिन्सको बलमा बोल्ड हुन पुगे।

यसअघि कप्तान रोहित शर्मा ४७ रनमा आउट भएका थिए भने शुबमन गिल र श्रेयस ऐयर समान चार रनमा आउट भएका थिए।