नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ।
काङ्ग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा मङ्गलवार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने उल्लेख छ।
सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको काङ्ग्रेस बैठकले नयाँ बन्ने मन्त्रीको नामलाई टुंगो लगाउनेछ।