काठमाडौं, सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। छापावाल सुनको भाउ आईतवार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो। यसअघि विहिवार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो।
शुक्रवार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आईतवार भने एकै दिन १८ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको भनाइ छ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ। आईतवार प्रतितोला १५४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिनको तुलनामा यो मूल्य ५ रुपैयाँ बढी हो।