माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

HTV Khabar ४ मंगशिर २०८१, मङ्गलबार ०६:२५ मा प्रकाशित

काठमाडौं,  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ। बैठक आज अपराह्न चार बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, आसन्न केन्द्रीय समितिको बैठक लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ।

सोमवार बस्ने तय भएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र पार्टी अध्यक्ष प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको थियो।