सुनचाँदीको मूल्य बढ्यो ! कतिमा हुँदैछ कारोबार ?

HTV Khabar ७ जेठ २०८०, आइतबार ०६:२० मा प्रकाशित

साताको पहिलो कारोबार दिन आईतवार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतवार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला सुनको मुल्य  १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत शुक्रवार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला  १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबा भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।