‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत गत महिना मात्रै इजरायल पुगेका मध्ये दक्षिणी इजरायलको सेडोट नेगेव एग्रिकल्चर सेन्टर अन्तर्गत किबुज अलुमिम फर्ममा प्रशिक्षणरत १७ जना नेपाली विद्यार्थीको विवरण सार्वजनिक भएको छ।
गएराती तेलहभिव अवस्थित नेपाली दूतावासले उनीहरु प्रशिक्षणरत रहेकै बखत प्यालेस्टिनी हमास समुहको आक्रमणमा परी दुःखद निधन भएका १० जना सहित सो घटनामा परी घाइते भएका, अस्पतालमा उपचाररत लगायतका नेपाली विद्यार्थीहरूको पछिल्लो र अद्यावधिक विवरण प्रकाशित गरेको हो।
प्रकाशित विवरणमा भनिएको छ, ‘दुःखको यस घडीमा हामी मृतक विद्यार्थीहरूको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ, शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौँ।’
आक्रमणको निशानामा परेका १७ जना नेपाली विद्यार्थीहरूको विवरणः