काठमाडौं, नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं ११ कमिटीले वडामा रहेको ४० रोपनी सार्वजनिक जग्गा सहित अन्य सार्वजनिक सम्पतिको संरक्षणकालागि बूढानीलकण्ठ नगरपालिकाको ध्यानाकर्षण गराएको छ।
नेकपा एमाले बूढानीलकण्ठ -११ का अध्यक्ष कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गएको टोलीले नगर प्रमुख मिठाराम अधिकारीलाई भेटेर सो सम्बन्धि ज्ञापनपत्र बुझाउँदै नगरपालिकामा रहेका सार्वजनिक जग्गा र अन्य सम्पतिहरुको संरक्षण गर्नका लागि ध्यानाकर्षण गराएको हो।
वडा नं ११ कमिटीले साविक कपन गाविस वडा नं ७ मा रहेको करिव ४० रोपनी सार्वजनिक जग्गा व्यक्ति /संस्थाले हालसाविक गरेर अपचलन गरेको समाचार सञ्चार माध्यममा छापिएसंगै नापी कार्यालय चावहिललाई पत्र बुझाउँदै सत्यतथ्य छानविनको माग समेत गरेको छ।