काठमाडौ, बुधवार २७ असोज

विजया दशमी, दीपावली लगायतको चाडपर्वको अवसरमा नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं.११ कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान ।कार्यक्रम सम्पन्न भएको छ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको चियापान कार्यक्रममा विशेष अतिथिका रूपमा नगर प्रमुख उद्धव प्रसाद खरेल, अतिथिहरु मिठाराम अधिकारी संगम गहतराज, तेज ढकाल, बिदुर बिक्रम खड्का लगायत जिल्ला कमिटिका सदस्यहरु, प्रदीप डंगोल लगायत नगर कमिटिका सदस्यहरुको उपस्थिति रहेको थियो।

नेकपा एमाले वडा कमिटीद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. राजन भट्टराई, नगरप्रमुख उद्दव खरेल,वडाध्यक्ष राजु अधिकारीले शुभकामना मन्तव्य राखेका थिए। दर्जनौं अन्य पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गरेकालाई स्वागत गरेका थिए। वडा कमिटी सचिव अंगुर पौडेलले कार्यक्रम संचालन गरेका थिए। वडा कमिटी सदस्य अनिता सापकोटाले उपस्थित अतिथिलाई मन्तव्यद्वारा स्वागत गरेकि थिइन्।

कार्यक्रममा उपस्थित भएकाहरु अत्यन्तै खुशी देखिन्थे।

एमालेका वडा कमिटीहरु शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तारमा लागेका छन्। काङ्ग्रेस पार्टीको चौधौं महाधिवेशन लागेको कारण काङ्ग्रेसी कार्यकर्ता र नेताहरु गुट उपगुट मिलाएर पार्टीमा कसरी आफ्नो वर्चस्व कायम राख्ने मै केन्द्रित भएका छन् भने नेकपा माओवादी केन्द्रको अत्तोपत्तो केही देखिएको छैन। चियापानले नजिकिदै गरेको स्थानीय चुनाव तर्फ इङ्गित गरेको देखिन्छ।

Leave a Reply

You may also like

%d bloggers like this: