काठमाडौ, बुधवार २७ असोज

दशैँको अवसरमा सशस्त्र प्रहरी बल (एपीएफ)ले काठमाडौँमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। एपीएफले दशैको दुई दिन (महानवमी र विजयादशमी)मा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो।

एपीएफका अनुसार यो सेवा २८ गते बिहीबार बिहान १० बजेदेखि २९ गते शुक्रबार साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। बसले दुइटा रूटमा चक्रपथ परिक्रमा गर्नेछ।पहिलो रूटमा एपीएफको प्रधान कार्यालय हलचोकदेखि वनस्थली, बसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलंकी हुँदै हलचोक फर्किनेछ।

यस्तै, दोस्रो रूटमा हलचोकबाट स्वयम्भू चोक, कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, वनस्थली हुँदै हलचोकसम्म संचालन हुने एपीएफले जनाएको छ।

Leave a Reply

You may also like

%d bloggers like this: