काठमाडौं, मङ्गलवार २६ असोज

विदेशबाट ल्याएको सुन ललितपुरको सानागाउँमा संकलन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। धादिङको निलकण्ठ नगरपालिका–४ घर भएका ५७ वर्षीय खड्क प्रसाद तिमल्सिनालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए।

विदेशबाट नेपाल आउनेहरुलाई भरिया बनाएर सुनका बाला मगाएका तिमल्सिनाले ललितपुरबाट ३ थान बाला संकलन गरेका थिए। अरु थप बाला लिएर आउनेहरुको निगरानी गर्न पून: विमानस्थल पुगेको बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। तिमल्सिनाको साथबाट प्रहरीले १५० ग्राम तौल भएको ३ थान बाला बरामद गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरेर उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी बास्तोलाले बताए। विभिन्न मुलुकहरुमा काठमाडौं आउने यात्रुलाई भन्सार छल्न लगाएर ल्याएको अवस्थामा बरामद गरिएको १५० ग्राम सुनको मुल्य ११ लाख ६२ हजार रहेको छ।

Leave a Reply

You may also like

%d bloggers like this: